कैलालीमा माछा मार्न खाेलामा गएका तीन जना बेपत्ता

कैलालीमा माछा मार्न खाेलामा गएका तीन जना बेपत्ता


कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

निजका आफन्त तीर्थबहादुर घर्ती मगरले इलाका प्रहरी कार्यालय चिसापानीमा जानकारी गराएपश्चात तत्काल प्रहरी टोली उक्त स्थानमा खटी निजहरुको खोजतलास कार्य भइरहेको बताइएको छ।

Skip This
Logo