बैतडीको रौलेश्वरमा घर भत्किँदा एकको मृत्यु, दुई जना घाइते

बैतडीको रौलेश्वरमा घर भत्किँदा एकको मृत्यु, दुई जना घाइते


बैतडीको सुर्नया गाउँपालिका–५ रामकी बरालको घर पहिरोले भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ७१ वर्षका परुदेवी महरा रहेका छन् ।

घाइते हुनेमा ५५ वर्षीया सरस्वती विष्ट र उनकी बुहारी ३० वर्षीया माया विष्ट छिन् । लगातारको अविरल वर्षापछि आएको पहिरोले घर भत्किएको हो ।

घटनास्थलमा प्रहरी खटाएको र क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख रमेश पालले बताए । मंगलबार पनि जिल्लाको शिवनाथ–६ बसेडीमा घर भत्किँदा तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीय भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन् । न्युज कारखाना

Logo