हावाहुरीले विद्युतीय तार र पोलमा क्षति गरेपछि उदयपुर अन्धकारमा

हावाहुरीले विद्युतीय तार र पोलमा क्षति गरेपछि उदयपुर अन्धकारमा


वर्षातसँगै आएको हावाहुरीले गर्दा नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्र अन्तर्गतका जलजले फिडरबाट वितरण हुने विद्युत प्रवाह अवरुद्ध भएको छ । 

जलजले फिडरबाट वितरण हुने जलजले, चुहाडे, राजाबास, गैरुन, मुर्कुचि र फोक्सिनटार एरियामा हावाहुरीले विभिन्न स्थानमा पोल तथा विद्युतीय तारमा क्षति पुगेकाले विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्रका प्रशासन प्रमुख देवी थुलुङ राईले बताए । 

निरन्तरको वर्षातले मर्मत गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । जलजले फिडरदेखि फोक्सिनटारसम्म करिब ५२ किलोमिटर लामो लाइनमा क्षति भएकाले कहाँ क्षति भएको पत्ता लगाउन समस्या भइरहेको प्राधिकरणले जनाएको छ । न्यूज कारखाना

Logo