खानेपानी कार्यालय प्रमुखलाई अर्धनग्न बनाएर बजार परिक्रमा गराएको विरोधमा प्रदर्शन

खानेपानी कार्यालय प्रमुखलाई अर्धनग्न बनाएर बजार परिक्रमा गराएको विरोधमा प्रदर्शन


खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । 

बिहीबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै कुशवाहालाई नियन्त्रणमा लिएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । जसको विरोधमा शुक्रवार काठमाडौंमा नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले प्रदर्शन गरेको हो । 

विरोध प्रदर्शनमा सहभागीले पाखुरामा कालो पट्टी बाँधेका थिए भने दोषीमाथि कारबाहीको माग गरेका छन् ।  काठमाडौंको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

Skip This
Logo