कोरोना अपडेटः ६६४ जना संक्रमण मुक्त, ५९१ जनामा संक्रमण पुष्टि

कोरोना अपडेटः ६६४ जना संक्रमण मुक्त, ५९१ जनामा संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा ६६४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३८२ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ८९ हजार ७८९ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ११ हजार ४०७ र एन्टीजेनबाट ९४ हजार ३६९ पुगेको छ। 

नेपालमा हाल १० हजार २३६ जना सक्रिय संक्रमित रहेका छन्। 

Skip This
Logo