कोरोना अपडेटः ५१८ जना कोरोना संक्रमण मुक्त, ४०८ जनामा संक्रमण पुष्टि

कोरोना अपडेटः ५१८ जना कोरोना संक्रमण मुक्त, ४०८ जनामा संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा ५१८ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३१ जनको पीसीआर परीक्षण गर्दा ३७६ जना र २ हजार १६८ जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जना गरी ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४०७ पुगेको छ । कूल निको हुनेको संख्या ७ लाख ९१ हजार ७८७ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १२ हजार ५७० र एन्टीजेनबाट ९४ हजार ५३५ पुगेको छ। 

नेपालमा हाल ९ हजार ३७६ जना सक्रिय संक्रमित रहेका छन्। 

Logo