सल्यानबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटना, आठ जनाको मृत्यु

सल्यानबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटना, आठ जनाको मृत्यु


सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ख २५५२ नम्बरको यात्रुबहाक बस कपुरकोट गाउँपालिकामा दुर्घटनामा परेको छ । 

दुर्घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । पाँच जना गम्भीर घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको छ भन्ने अन्य घाइतेहरूको पनि उद्धार र उपचार जारी छ । 

घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो । 

Logo