आज चन्द्रमा धनु राशिमा र सुकर्मा योग, थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

आज चन्द्रमा धनु राशिमा र सुकर्मा योग, थाहा पाउनुहाेस् तपाईंकाे राशिफल


आजको पात्रो: आज २२ कात्तिक, सोमबार। तदअनुसार ८ नोभेम्बर। कात्तिक शुक्लपक्ष चतुर्थी, मूल नक्षत्र सुरु भएर पूर्वाषाढा नक्षत्रले भोग गर्नेछ।

चन्द्रमा धनु राशिमा र सुकर्मा योग छ। आज सूर्योदय बिहान ६ः२० र सूयास्त १७ः१३ मा हुनेछ। आज बिहान ७ः४२ देखि राहुकाल सुरु भएर ९ः०४ सम्म रहेछ। राहुकाल भएका समयमा शुभकर्म नगर्नु भनिएको छ।

हरेक दिन राहुकाल र अभिजित मुर्हूत हुने गर्छ। शुभकर्मका लागि अभिजित मुहूर्तको समयमा गर्दा शुभ मानिन्छ। आजका देवता इन्द्र हुन । ग्रहदेव मंगल रहेको छ। सोमबार शिवको प्रियबार भएकाले शिवालयमा अलि भीड लाग्ने गर्छ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ। सोमबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ। बिहानै शिवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार व्यवसायमा सोचेअनुसार नहुन सक्छ। त्यसैले आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला। आजको दिन तपाईँको मन, बचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईँले आफ्नो दैनिककाम सम्पादन गर्न सक्नुहुन्छ।  
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मनमा अनेक कुरा खेल्नेछ। परिवार र आफन्तजनहरुले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन्। दिन कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ। त्यसैले आज हरेक कुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र तपाईँमा खुसीयाली छाउने छ।  
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ। पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ। आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला। आजको दिन कसैसँग विवाद भयो भने तपाईँ र तपाईँसग विवाद गर्ने दुबै व्यक्तिको हानी हुनसक्छ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ। यात्राका समस्या हुनसक्छ। त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला। मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ। परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ। 
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) 
मनमा चिन्ता र भय उत्पन्न हुनेछ। तपाईंको कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ। स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ। अध्ययनअध्यापनबाट सफलताप्राप्त हुनेछ। कन्या राशिका जातकले आज स्त्रिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ। आजको दिन केही आर्जित धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ। 
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईँले आजको दिन सुरु गरेको काम सफल हुनेछ। तपाईँको कार्यमूलक यात्रा हुनेछ। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला। तपाईँलाई सफलता हात लाग्नेछ। कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ।
 
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
चन्द्रमाको दृष्टिका कारण आज वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ। तपाईँले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ। आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने सुनमा सुगन्ध हुनेछ। आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ। 
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनलाभ हुनेछ। ग्रहहरु बलिया भएका छन्। त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ। सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ। यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला।  
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
तपाईँले गरेको कामबाट सम्मान मिल्नेछ। तपाईँलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ। आजको दिन लक्ष्मीको आरधनाले तपाईँलाई मनमा प्रसन्नता छाउनेछ। विगतदेखि गर्दै आएका कामको मूल्यांकन हुनेछ।  
 कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ। व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला। सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईंमा थप उर्जा मिल्नेछ। 
 
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
स्वास्थ्यमा सुधार हुनेछ। मनमा प्रसन्नता छाउने छ। लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला। सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ। साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। 

Logo