धनकुटामा मोटरसाइकल दुर्घटना, बेलबारीका दुई जना घाइते

धनकुटामा मोटरसाइकल दुर्घटना, बेलबारीका दुई जना घाइते


धनकुटामा म‌गलबार विहना भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । धनकुटा नगरपालिका-६ फोक्लेन टापुमा भएको दुर्घटनामा मोरङ बेलबारी नगरपालिका- ८ घर भएका ४० वर्षका हरि भट्टराई र सोही ठाउँका ४२ वर्षका तुलसीप्रसाद भट्टराई घाइते भएको प्रहरीले जनाएको छ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–०४१ प ९४०९ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फ जाँदै गरेको को. १ ख ७२४० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिप्रसाद भट्टराई गम्भीर घाइते भएका छन् । त्यस्तै मोटरसाइकल चालक तुलसी भट्टराई सामान्य घाइते भएका छन् । 

गम्भीर घाइते हरिको जिल्ला अस्पताल धनकुटा उपचार हुन नसकेपछि थप उपचाको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको ट्राफिक प्रहरी दीपक खड्काले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको धनकुटा प्रहरी प्रमुख एसपी नहुल पोख्रेलले जानकारी दिए।

Logo