आज सूर्यको उपासना गर्ने मुख्य पर्व छठ, थाहा पाउनुहाेस् तपाईँकाे आजकाे राशिफल

आज सूर्यको उपासना गर्ने मुख्य पर्व छठ, थाहा पाउनुहाेस् तपाईँकाे आजकाे राशिफल


आज २४ कात्तिक, बुधबार। तद्अनुसार १० नोभेम्बर। कात्तिक शुक्लपक्ष षष्ठी तिथि। आज सूर्यको उपासना गर्ने मुख्य पर्व छठ। आज विशेषगरी नेपालको तराई क्षेत्रमा विशेष उत्साहका साथ छठ मनाउने गरिन्छ। कात्तिकमा गरिने दानको समेत विशेष महत्व छ।

चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, वज्र योग छ। आज सूर्य उदय ६ः२२ र सूर्यास्त १७ः१२ मा हुनेछ। देवता नाग र ग्रहदेव वृहस्पति रहेको छ। छठ भनेको षष्ठ शब्दको तद्भव हो। प्रकृतिदेवीको छैटौं अंश जो हुन यिनलाई षष्ठीदेवी भनिन्छ। उदाउँदो र अस्ताउने सूर्यको उपासना गर्ने यो पर्व प्रकृति र साक्षात देवता सूर्यको उपासना गर्ने पर्व हो।  

भनिन्छ, हरेक दिन विहान सूर्यको दर्शन गर्नाले मनका इच्छा पूरा हुन्छ। छठ पर्वका दिन गरिने सूर्य उपासना पनि विशेष कार्य हो।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
कामका सोच अनुसार प्रतिफल प्राप्त हुनेछ। सामानसम्मान मिल्नेछ। तपाईँले गर्नुभएको कामको सम्मान हुनेछ। सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईँलाई मानसम्मान मिल्नेछ। मेष राशिका भएकाले जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ। कात्तिकमा तपाईँले देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईँका लागि आजको दिन त्यति अनुकूल छैन। मानसिक चिन्ता, असन्तुष्टि रहन सक्छ। यात्राका लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु उत्तम हुनेछ। यात्रामा निस्कनु भन्दा पहिले तपाईँको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन गरेर यात्रा गरेमा आजको दिन तपाईँका लागि अनुकूल हुनसक्छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनमा विवाद हुनसक्छ। त्यसैले मिथुन राशी भएकाले आजको दिन मौन रहनु वेश हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ। आर्थिक समस्याका कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईँले सोचअनुसार काम नहुँदा हुने चिन्ताले एकप्रकारको डर उत्पन्न भइरहन्छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
धनप्राप्तिको योग बनेको छ। नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ। आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ। निराशा हटेर आशाका किरण फैलने छन्। आज नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ। दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ। स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नेछ। आफूले गरिरहेको व्यापारव्यवसाय र कामबाट सफलता मिल्नेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
मनमा प्रसन्नता छाउने छ। धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईंले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ। आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ। तपाईंमा केही घमण्डका कारण तपाईं आफैंले गरेको कार्यबाट हानी हुनसक्छ। त्यसैले काम गर्दा होस् पुर्याउनु होला।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले व्यापार व्यवसायकाे कामबाट लाभ हुनसक्छ। अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ। सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउनेछ। अध्ययनअध्यापनका क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईँको मनमा निराशा छाउनसक्छ। चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ। आजको दिन विवाद हुने काम नगर्नुहोला। विवाद गर्दा तपाईँमाथि अनेक आरोप लगाउन सक्छन् भने हानी हुनसक्ने सम्भावना पनि छ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ। तपाईँको समयअनुकुल छ। कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ। छोटो यात्राले मनमा खुसी छाउने छ। सत्रुले समेत तपाईँको कार्य प्रशसा गर्नेछन्। समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
तपाईँलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईँलाई सकारात्मक उर्जा भरिने छ। आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईँलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ। परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
चन्द्रमाको साथ रहेको छ। आजको दिन तपाईँका लागि उत्तम दिने हो। त्यसैले जे काम गर्नुहुन्छ। सफलता प्राप्त हुनेछ। व्यापार, लेखन, र तपाईँले विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा लाभ हुनेछ। त्यसैले आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन समय त्यति अनुकूल छैन। त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला। अनावश्यक खर्च, समयको दूरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ। त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकूल देखिँदैन। नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला।  

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

व्यापार व्यवसायमा काम गर्नुहुने मीन राशी भएकाका लागि उत्तम रहेको छ। धनलाभ प्राप्त हुने योग छ। सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ। सुखीको खबर र तपाईँले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ। आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ।

Logo