शौचालय जाने क्रममा लडेर एक मजदुरको मृत्यु

शौचालय जाने क्रममा लडेर एक मजदुरको मृत्यु


संखुवासभाको मकालु गाउँपालिका–३ मा शौचालय जाने क्रममा लडेर एक जना मजदुरको मृत्यु छ । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । 

माझी गए राति १० बजे शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका थिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार गम्भीर घाइते माझीको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा शनिवार दिउँसो मृत्यु भएको हो । 

माझी उत्तर दक्षिण कोसी सडक आयोजनाको निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनका मजदुर हुन् । उनी केही महिना यता स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए । मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Logo