चक्रवात जवाद कमजोर बन्दै, यस्ताे छ तीन दिनको मौसम पूर्वानुमान

चक्रवात जवाद कमजोर बन्दै, यस्ताे छ तीन दिनको मौसम पूर्वानुमान


हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भइ न्युनचापीय प्रणालीको रुपमा रहेको छ साथै नेपालको पूर्वी भूभागमा यस प्रणालीको  आंशिक प्रभाव रहेको छ।

हाल देशको प्रदेश नं १ तथा अन्य प्रदेशहरुका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  

आगामी तीन दिनको मौसम पूर्वानुमान

आइतबार
दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको ती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

सोमबार
दिउँसो : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश १, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भु-भागको केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

मंगलबार
दिउँसो : प्रदेश नं १ तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। 

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श
सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ। 

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी वुलेटिन तथा सूचनाको जानकारी लिनु हुनसमेत अनुरोध छ।

Logo