देशभर चिसो ह्वातै बढ्यो, वर्षा र हिमपातको सम्भावना

देशभर चिसो ह्वातै बढ्यो, वर्षा र हिमपातको सम्भावना


देशभर ह्वातै चिसो बढेको छ। आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज राति कर्णाली प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा प्रदेश–१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। वर्षा र हिमपातसँगै देशभर चिसो बढ्ने क्रममा रहेको छ।

जसका कारण पर्वतारोहण, हवाई-यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। तराईका धेरै भागमा बिहानको समयमा हुस्सु र कुहिरोसमेत लाग्न थालेका सवारी चलाउँदा ध्यान दिन पनि विभागले नियमित बुलेटिन प्रकाशन गर्दै आग्रह गर्दै आएको छ।

Skip This
Logo