काठमाडौं उपत्यकामा १४६ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १४६ जना कोराेना संक्रमित थपिए


काठमाडौं उपत्यकामा १४६ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा १००, भक्तपुरमा १५ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन् ।

देशभर पछिल्लो २४ घण्टामा थप २८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार १७४ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ३५७ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ६८७ जना रहेको छ।

आज ३६६ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख ५ हजार ५७१ पुगेको छ। निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४७ पुगेको छ। पछिल्लो २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। 

त्यसैगरी पछिल्लो समय २ लाख ८३ हजार १३२ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार २३९ रहेको छ।

Logo