काठमाडाैंकाे तापक्रममा केही सुधार, ३.६ डिग्री सेल्सियस मापन

काठमाडाैंकाे तापक्रममा केही सुधार, ३.६ डिग्री सेल्सियस मापन


काठमाडाैं उपत्यकाकाे न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएकाे छ। आइतबारकाे भन्दा ०.६ डिग्री सेल्सियसले तापक्रममा सुधार आएकाे हाे। आइतबार काठमाडाैंकाे न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्री सेल्सियस मापन भएकाे थियाे।

'अधिकतम तापक्रम दिउँसाे मात्र थाहा हुन्छ। तर आज न्यूनत तापक्रममा हल्का सुधार आएकाे छ,' माैसम पूर्वानुमान महाशाखाका माैसमविद् मञ्जु वासीले भनिन्, 'यसकाे अर्थ अब तापक्रम घट्दैन भन्ने हाेइन। हिउँद गहिरिँदै जाँदा चिसाे अझ बढ्छ।'

 काठमाडाैंमा मंसिर दाेस्राे सातादेखि चिसाे बढ्न थालेकाे हाे। देशभर चिसाे बढेकाे छ। सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएकाे छ। जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्रीमा झरेकाे छ।

 तराईमा हुस्सु/कुहिरो लाग्ने गरेकाे छ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। दिउँसाे  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रहनेछ।

मंगलबार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

Logo