गिरिजाप्रसाद काेइराला फाउण्डेसन अमेरिकाद्वारा बाजुराका बाढीपीडितका लागि आर्थिक सहयोग

गिरिजाप्रसाद काेइराला फाउण्डेसन अमेरिकाद्वारा बाजुराका बाढीपीडितका लागि आर्थिक सहयोग


गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाद्वारा बेमौसमी बाढीपहिरोका कारण बाजुराको बुढिगंगाका पीडित परिवारका लागि एक लाख भन्दा बढि आर्थिक सहयोग गरेको छ।

गएकाे कार्तिकमा बेमौसमी अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण बुढिगंगाका विभिन्न बस्तीहरुमा पाकेको अन्नबाली सखाप हुनुका साथै पहिरोले ठूलाे क्षति पुर्याएको थियो।

उक्त ठाउँमा बाढीपीडित परिवारहरुका लागि राहतको व्यवस्था गरिदिन गिरिजाप्रसाद फाउण्डेसन अमेरिकासँग सामाजिक अभियान्ता एवम् युवा नेतृ रिता शाहीले अनुरोध गरेकी थिइन्। शाहीको साे अनुरोधलाई स्वीकार गर्दै फाउण्डेसनले थोरै भए पनि पीडित परिवारलाई राहत मिलोस भनेर एक लाख ६ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेकाे हाे।

मंगलबार सो रकम गिरिजाप्रसाद फाउण्डेसन अमेरिकाको आर्थिक सहयोगमा फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष सुजाता कोइराला, फाउण्डेसन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सल्लाहकार तारा बन्जार्य लगायतको उपस्थितिमा रकम शाही मार्फत बाढी पहिराे पीडित परिवारकाे लागि हस्तान्तरण गरिएकाे हाे। आगामी दिनमा पनि यस्ताे सहयाेग जारी रहने फाउण्डेसनले जनाएकाे छ।

Logo