ताप्लेजुङमा हिमपात, पाथिभरा मन्दिर सेताम्य (फाेटाेफिचर)

ताप्लेजुङमा हिमपात, पाथिभरा मन्दिर सेताम्य (फाेटाेफिचर)


बुधबार मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ। पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। याे क्रम बिहीबार पनि जारी छ। यद्यपी माैसममा केही सुधार हुने महाशाखाले जनाएको छ।

बुधबार काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको थियाे भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात पनि भएको छ। 

विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ। ठाउँठाउँमा सडक अवरुद्धसमेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरु मर्कामा परेका छन्। बुधबार ताप्लेजुङमा पनि हिमपात भयाे । करिब २ फिटसम्म हिउँ परेर पाथिभरा मन्दिर सेताम्य बनेकाे थियाे । 

Logo