काेराेना अपडेटः २३५ जनामा संक्रमण पुष्टि, २१२ जना निकाे भए

काेराेना अपडेटः २३५ जनामा संक्रमण पुष्टि, २१२ जना निकाे भए


गत २४ घण्टाभित्र नेपालमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ८८५ जनाको पिसिआर परीक्षण र १  हजार १९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २८ हजार ४३१ र एन्टिजेन परीक्षणबाट ९६ हजार २०२ रहेकाे छ। 

शुक्रबार निकाे हुनेकाे संख्या २१२ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख ११ हजार ९५८ पुगेकाे छ।

संक्रमणबाट शुक्रबार ४ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५९२ रहेकाे छ।

नेपालमा हाल ४ हजार ८७९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ लाख ३९ हजार १५२ खाेप लगाइएकाे छ।

Logo