काेराेना अपडेटः २१६ जनामा संक्रमण पुष्टि, २०९ जना निकाे भए

काेराेना अपडेटः २१६ जनामा संक्रमण पुष्टि, २०९ जना निकाे भए


गत २४ घण्टाभित्र नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ५ हजार ९६२ जनाको पिसिआर परीक्षण र १  हजार ६६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २८ हजार ९८६ र एन्टिजेन परीक्षणबाट ९६ हजार २४५ रहेकाे छ। 

निकाे हुनेकाे संख्या २०९ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १२ हजार ४१९ पुगेकाे छ।

संक्रमणबाट २ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५९४ रहेकाे छ।

नेपालमा हाल ४ हजार ९७१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ लाख ३३ हजार ८१२ खाेप लगाइएकाे छ।

Logo