माघे संक्रान्ती नजिकिएसँगै चाकु बनाउन व्यस्त छन् टोखावासी (फोटोफिचर)

माघे संक्रान्ती नजिकिएसँगै चाकु बनाउन व्यस्त छन् टोखावासी (फोटोफिचर)


काठमाडौंबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्याे। 

उखुको रसबाट सख्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो। जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो। माघे संक्रान्ती नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन्। 

टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उद्याेग छन्। वर्षको दुई महिना (मंसिर र पुस) मा ३०० देखि ४०० जनाले रोजगारी पाउने , एउटा उद्याेगबाट एक लाख ६५ किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आम्दानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताउँछन्।  


 
एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँसम्म, खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रतिकिलाेकाे १८० रुपैयाँ पर्न जाने उनी बताउँछन्।न्युज कारखाना

Logo