नक्कली नोटसहित पश्चिम नवलपरासीबाट २ युवा पक्राउ

नक्कली नोटसहित पश्चिम नवलपरासीबाट २ युवा पक्राउ


प्रहरीले पश्चिम नवलपरासीबाट नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरेको छ। 

सदरमुकाम परासी बजारमा विभिन्न सामान खरिद गर्ने र नक्कली नोट साटिरहेको अवस्थामा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का रसिद मोहम्मद र कपिलवस्तुको शुद्धोदन गाउँपालिका–२ का जमाल मुसलमान पक्राउ परेका हुन्।

उनीहरुको साथबाट नेपाली १ हजारका नक्कली नोट २५ थान, भारतीय १ सयको तीन थान, र भारतीय ५० रुपैयाँको १७ थान नोट बरामद गरेको प्रहरीले जनाएकाे छ। पक्राउ परेका दुवै जनालाई नक्कली नोट कसुरमा मुद्दा चलाएर थप अनुसन्धान भइरहेको बताइएकाे छ।

पक्राउ परेका युवाले रुपन्देही, कपिलवस्तु र नवलपरासीका बजारमा नक्कली नोटको कारोबार गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ। यस विषयमा थप अनुसन्धान भइरहेकाे छ।

Logo