काेराेना अपडेट : नेपालमा थप ५,०८७ जनामा कोरोना संक्रमण पुष्टि

काेराेना अपडेट : नेपालमा थप ५,०८७ जनामा कोरोना संक्रमण पुष्टि


गत २४ घण्टाभित्र नेपालमा थप ५,०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

साेमबार १,४४६ जना थपिएका थिए भने मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जना थपिएका थिए। बिहीबार ३,५५३ संक्रमित थपिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १३ हजार ४७४ जनाको पिसिआर परीक्षण र ७  हजार ८६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ४५ हजार ५०५ र एन्टिजेन परीक्षणबाट १ लाख १०८ रहेकाे छ। 

निकाे हुनेकाे संख्या ३०६ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १५ हजार ६५३ पुगेकाे छ।

संक्रमणबाट शुक्रबार ३ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६१३ रहेकाे छ।

नेपालमा हाल १८ हजार २३५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ लाख २० हजार ३६७ खाेप लगाइएकाे छ।

Skip This
Logo