नक्कली नाेट काराेबारमा संलग्नकाे आशंकामा दुई जना पक्राउ

नक्कली नाेट काराेबारमा संलग्नकाे आशंकामा दुई जना पक्राउ


महाेत्तरीमा स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ परेको १२ घण्टा नबित्दै नक्कली नाेटकै काराेबारमा संलग्नकाे आशंकामा फेरि दुई जना पक्राउ परेका छन्।

नाेटकाे साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मिनियाका असरफ मोहम्मद र जनकपुर उपमहानगरपालिका-६ का मोजहिद रेजा भिठ्ठामोड-जलेश्वरबाट पक्राउ परेका हुन्।
भारतबाट नेपाल आउँदै गरेको बा २१ च ६७६१ नम्बरको कार जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

पक्राउ परेका दुबै जना नक्कली नोट कारोबारमा संलग्न हुन सक्ने आशंका प्रहरीकाे छ। प्रहरीका अनुसार उनीहरुकाे साथबाट अगाडिपछाडि १-१  हजार राखेर र बीचमा खाली पेपर राखेको ५ बण्डल, ५ सयको नोटमा त्यसैगरी राखिएको ४९४ बण्डल जफत गरिएकाे छ। अन्य साइजमा कटिङ्ग गरिएको ठूलो कागज पनि जफत भएकाे छ।

स्रोत नखुलेको ३० लाख नगदसहित एकजना पक्राउ

स्रोत नखुलेको ३० लाख रकमसहित महोत्तरीमा एकजना पक्राउ परेका छन् । मट्टीहानी प्रहरी चौकीबाट नियमित चेकजाँचमा खटिएको प्रहरीले मट्टीहानी-३ बस्ने २३ वर्षीय सहाउदिनको साथबाट उक्त पैसा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकलमा सवार सहाउदिनले पिठ्युमा बोकेको कालो झोलाबाट २८ लाख र ज्याकेटको खल्तीमा लुकाएको दुई लाख गरी ३० लाख रुपैयाँ बरामद भएकाे हाे।

बाइकसहित आरोपित सहाउदिनलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

Logo