काेराेना अपडेट : नेपालमा थप १२ हजार ३३८ जनामा संक्रमण पुष्टि

काेराेना अपडेट : नेपालमा थप १२ हजार ३३८ जनामा संक्रमण पुष्टि


गत २४ घण्टाभित्र नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

२१ हजार ७ जनाको पिसिआर परीक्षण र ६  हजार ४९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

बिहीबार निकाे हुनेकाे संख्या ६४९ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ४ रहेकाे छ । 

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ८७ हजार ७६९ र एन्टिजेन परीक्षणबाट १ लाख ८ हजार ११९ रहेकाे छ। 

हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १८ हजार ८०९ पुगेकाे छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६३२ रहेकाे छ। नेपालमा हाल ५७ हजार ३२८ जना सक्रिय संक्रमित छन्। 

काठमाडौं उपत्यकामा ६,९८१ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ६,९८१ जना कोराेना संक्रमित थपिएका छन् । काठमाडौंमा ५,००१ भक्तपुरमा ८५० र ललितपुरमा १,१३० जना संक्रमित थपिएका हुन् ।

११ दिनमा कति थपिए?

पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे। माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११, ३५२ जना संक्रमित थपिएका थिए। माघ ६ गते बिहीबार १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे।

Skip This
Logo