समीक्षाः ‘क्राइम पट्रोल नेपाल’को पहिलो अंक, सोचेभन्दा फरक

समीक्षाः ‘क्राइम पट्रोल नेपाल’को पहिलो अंक, सोचेभन्दा फरक


लामो प्रतिक्षापछि ''ग्यालेक्सी फोर के' टिभी र युट्युवमा क्राइम पट्रोल प्रसारण भयो । नयाँ स्वाद लिएर बजारमा आएकोले होला सबै दर्शकले यसको दुर्बल पक्षलाई नजर अन्दाज गरिदिएका छन् ।

अपराध सम्वन्धी नयाँ स्वादलाई दर्शकले मन पराईदिनु निर्माता निर्देशकलाई हौसला पाउनु हो । सकारात्मक तारिफ पाइरहेको कार्यक्रम क्राइम पट्रोल नेपाल हेर्न म जति आतुर थिएँ, त्यति नै कार्यक्रम कस्तो बन्छ भन्दै सोचिरहेको पनि थिएँ ।

विदेशी फ्रेन्चाईज कार्यक्रम नेपालमा नेपालीले बनाउँदा पक्कै विदेशी स्वाद खोजेर पाईंदैन  तर, अपेक्षा भने केही नयाँ होस् भन्ने पक्कै हुन्छ, म मा पनि थियो ।

कार्यक्रम निकै चर्चित पहिला देखि नै थियो । रवि लामिछाने, दीपकराज गिरीले यसको प्रचार तिव्र गरिरहेका थिए। अर्को कारण कार्यक्रम चर्चित हुनुमा सफल लेखक तथा कलाकार दीपकराज गिरी कार्यक्रमको होष्ट छन्। उनी आफू होष्ट भएको हिसाबमा कार्यक्रम स्तरिय बनाउनु र बन्नुमा केही हात पक्का हुनुपर्छ ।

दीपकराज गिरीका अधिकांश फिल्म हिट छन्, त्यति मात्र नभएर उनले अभिनय गरेका अधिकांश टेलिफिल्ममा गिरीको प्रशंसा हुने गरेको छ ।

उनको निर्देशन र लेखनको त कुनै नगरौं प्रशंसा धेरै हुने गरेको छ । तर, गिरीको क्राइम पट्रोलमा लेखन तथा निर्देशनमा कति हात छ म यसै भन्न सक्दिनँ किनकि कार्यक्रम सुरु हुनुभन्दा एक दिन अघि सोहि टिभीको एक शो मा डा. समीरमणि दीक्षितलाई म आफू होष्ट मात्र रहेको बताएका थिए । गिरीले त्यो हिसाबमा उनी एक कार्यक्रम सञ्चालक मात्र हुन् ।

अब कुरा गरौं क्राइम पट्रोल(नेपाल)को रिभ्यु

विशाल सापकोटा यसका निर्देशक हुन् । सोनी पिक्चर इन्टरटेन्मेन्टको कार्यक्रम क्राइम पट्रोल(भारत)कै शैली यहाँ पनि अपनाइएको छ । त्यो पर्छ पनि किनभने यो फ्रेन्चाईज शो हो, सोनी पिक्चर इन्टटेन्मेन्टकै ।

दीपकराज गिरीको इन्ट्री लोभलाग्दो छ । उनले प्रयोग गरेको भाषा र अपराध सम्बन्धी बुझाउन खर्चेको समयलाई दर्शकले मन पराएका छन् । तर, जब कार्यक्रम सुरु हुन्छ, सुरुवात देखि नै प्रहरी निरिक्षकको भूमिकामा रहेका कर्मा अर्थात प्रहरी निरिक्षक विराज कार्कीको अभिनयले दर्शकलाई छुन सक्दैन।

त्यसो त यो पहिलो श्रृंखला हो यसरी विश्लेषण गरिहाल्न छिटो भयो भन्ने धेरैको मत हुन सक्छ तर, कर्माले प्रहरीको भूमिकालाई न्याय दिन सकेका छैनन् ।

उनी यति डराएका छन् कि उनको डर उनको मुहारमा छर्लङ्ग देखिएको छ । त्यस्तै प्रहरीको भूमिकामा रहेका अन्य प्रहरीले पनि प्रहरीको चरित्र सफल रुपमा निभाउन सकेनन् । बोली र हाउभाउ हेर्दा उनीहरू सबैले अरु केही महिना प्रहरीबारे अध्ययन गर्न जरुरी देखिन्छ ।

प्रहरीकै भूमिका निर्वाह गर्ने अन्य टेलिफिल्म र फिल्मका कलाकारभन्दा उनीहरू निरिह देखिन्छन्, त्यसमा पनि सबैभन्दा बढी रोल प्रहरीकै भएको कार्यक्रममा ।

कार्यक्रमको करिब एघार मिनेटको पेरिफेरिमा एक होटलमा काम गर्ने वेटरको मृत्यु भएर प्रहरी निरिक्षक कर्मा त्यहाँ पुग्दा कर्माले सोहि प्रकृतिको अपराधको यसअघिको केशको अनुसन्धान के भैरहेको छ भनेर अर्का प्रहरीलाई सोध्छन्, ताकि उनै कर्माले नै त्यो केश हेरिरहेका हुन्छन् । त्यो संवादले त्यहाँ खल्लो मात्र बनाएको छैन, प्रहरीले सूचना पाउने अवस्थाको खिल्ली उडाएको छ ।

हाम्रै गाउँठाउँका प्रहरी निरिक्षकको भूमिकाबारे हामी सबै जानकार छौं । तर, कर्माको त्यहाँको अभिनय माटो सुहाउँदो मात्र भएन कि उनले पनि प्रहरी बारे अध्ययन गरेका छैनन् भन्दा फरक नपर्ला।

दीपकराज गिरीको इन्ट्री लोभलाग्दो छ । उनले प्रयोग गरेको भाषा र अपराध सम्बन्धी बुझाउन खर्चेको समयलाई दर्शकले मन पराएका छन् । तर, जब कार्यक्रम सुरु हुन्छ, सुरुवात देखि नै प्रहरी निरिक्षकको भूमिकामा रहेका कर्मा अर्थात प्रहरी निरिक्षक विराज कार्कीको अभिनयले दर्शकलाई छुन सक्दैन।

कार्यक्रमको पाँच मिनेट देखि नै कर्मामाथि किराले हमला गरेको देखाइन्छ । पटक पटक कर्माले किरा धपाउँछन् र अन्त्यमा त्यो किरा मार्छन् पनि । तर, यसरी त्यो किरा र किराको आवाजलाई किन हाइलाईट गरियो, त्यो कार्यक्रमको अन्त्यसम्म पनि देखाईदैन ।

कर्मा त्यो किराको आवाजबाट प्रताडित भएको देखाइन्छ, कार्यक्रममा कि त प्रहरी चौकी सधैं फोहोर हुन्छ र चौकीका  किरा फट्याङ्ग्रा हुन्छन् भन्ने सन्देश दिइएको हुनुपर्छ, नभए समय कटाउन किराको प्रयोग गरिएको हुन्नुपर्छ ।

यी दुई कुरालाई जोडेर अर्को अंकमा किराको अन्त्य देखाइयो भने त्यहाँ पनि दर्शकले खल्लो मान्छन् । म आफूले त अहिले नै खल्लो मानिसकें ।

प्रहरीले लगातार भएको सांघातिक हमला र मृत्युलाई जोडेर केही शंकामा परेका व्यक्तिलाई प्रकाउ त गर्छ र उनीहरूलाई जसरी देखाइनु पथ्र्यो, त्यसरी देखाउन सकिएको छैन। ती पक्राउ परेकाहरू निर्दोष छन् या दोषी, अर्को अंकमा देखाइएला । तर, उनीहरूको बयान लिने तरिका र प्रहरीले पेश हुने शैली विल्कुल फरक छ ।

यसरी देखाइएको छ कि हत्याराले केही नगरि म आफूले हत्या गरेको हो सर भनेर भनोस् । र शंका गरेको व्यक्तिले दिएको बयानले प्रहरी यसरी पग्लिन्छ, कि फेरि प्रहरीले उसलाई निगरानी नै गर्न छाड्छ।

कम्तिमा प्रहरीले यसले के के भन्न सक्छ, आफूलाई बचाउन के के प्रपन्च रच्न सक्छ र के के कुरा यसले गर्दा के के ट्याकल गर्ने भन्ने प्रहरीले सोच्न सक्दैन । यसले कर्मा र प्रहरीलाई डमि जस्तो बनाउँछ, बारम्बार । तर, सबै कुरा नकारात्मक मात्र छैनन्, कथालाई यसरी लगिएको छ कि हेर्ने दर्शकलाई कौतुहल हुन्छ, अब के हुन्छ अब–के हुन्छ भनेर ।

यसले कार्यक्रमको ओझ बढाएको छ । जब सिरियल किलरको शंका प्रहरीले गर्छ तब कथामा नयाँपन आउँछ ।  पहिलो एपिसोडमा म जस्ता धेरै दर्शकले धेरै कुराको उत्तर पाएनौं, अनुत्तरित प्रश्न दोस्रो एपिसोडले मेटाउला भन्ने अपेक्षा छ ।  तर, दोस्रो एपिसोडले पनि केही अनुत्तरित प्रश्न मेटाउन सकेन भने पुनः बजारमा अर्को भद्धा कार्यक्रम आएछ भनेर भनौंला ।

(विकास आचार्य अपराध र राजनीतिमा कलम चलाउने पत्रकार हुन् ।) 

Logo