दुबै डोज खोप लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु

दुबै डोज खोप लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु


कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृत्यु भएको छ। मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका- ७ का ६५ बर्षीय एक पुरूष रहेका छन् । 

विरामी परेपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा  कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारकै क्रममा शुक्रबार मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनीलकुमार यादवले जानकारी दिए । उनले भने, ´मृतकले कोरोनाको खोप दुबै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पीडित रहेका थिए ।'

यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका- १ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। योसँगै कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ।

Logo