२ जेठ २०७९ सोमबार
1
1
1
1

कर्मचारीमा कोरोना देखिएपछि काभ्रे मालपोतको सेवा पाँच दिनका लागि स्थगित

1
1
1
1
1
1

मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ। 

कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने जनाइएको छ। कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन्। 

सङ्क्रमण दर वृद्धि हुँदै गएपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले सार्वजनिकस्थलमा भीडभाड नगर्न, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै हिँड्डुल गर्न आग्रह गर्दै यसको परिपालना गर्नसमेत कडाइ गर्न थालेको छ। स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्ममा एक हजार ३०३ जना सङ्क्रमित भएका छन्।

समाज

प्रकाशित: १० माघ २०७८ १३:१२ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी