१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला, श्रीमानले नै हत्या गरेकाे पुष्टि

१६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला, श्रीमानले नै हत्या गरेकाे पुष्टि


गत पुस १६ देखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठकाे हत्या गरि पुरिएको अवस्थामा घरभित्रै शव फेला परेको छ। घरको भुइँतलामा पुरिएको अवस्थामा साेमबार शव फेला परेकाे हाे।

शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए। सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए।

उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोजतलाश गरे पनि फेला पार्न सकेको थिएन। लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप थियो। 

सीताको हत्या घरायसी विवादको क्रममा उनकै श्रीमान् सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए। श्रीमतीकाे हत्या गरि घरभित्र शव पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरि धनकुटा ल्याएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान गरि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ।

Logo