टेकोमा अडिएको पाटनको बस्ती (फोटो फिचर)

टेकोमा अडिएको पाटनको बस्ती (फोटो फिचर)


०७२ सालको भूकम्पपछि देशभर पुननिर्माणको लहर आयो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुरको पाटनको बस्ती भूकम्प गएको छ वर्ष पछि पनि अझै टेकोमा अडिएको छ ।

ऐतिहासिक पुरातात्त्विक महत्त्व बोकेको पाटनको पुराना बस्तीहरू मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटन ढोकाका टोलमा घरमा लगाइएको हटेको छैन । कतिपय ठाउँमा लगाइएको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ ।

सरकारले भूकम्प पछिको पुननिर्माणको लागि गठन भएको राष्ट्रिय  पुननिर्माण प्राधिकरण आफ्नो समयावधि सकिएर खारेज भइसक्यो । यसरी लगाइएका टेकाहरू किन हट्न सकेन, टेका लगाइएका घरहरूको पुननिर्माण किन भएन ? खोज्नुपर्ने विषय छ ।

Logo