आज तीन वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज तीन वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना


तीन प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। वागमती, गण्डकी र प्रदेश-१ का पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

राति प्रदेश-१, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Logo