बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु फेला

बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु फेला


काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीकाअनुसार केहीबेर अघि मात्रै शंकास्पद वस्तु भेटिएको हो।

संसद् भवनको सिधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको उनले बताए। अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ,’ नेपाली सेनाको बम डिस्पोजल टोली पुग्दैछ।

एमसीसी सम्झौता आइतबार संसदबाट पास गरिएको विरोधमा आज बन्द घोषणा गरिएको छ। एमसीसी संसदबाट पास गरिएको विरोधमा ६ वटा साना कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका थिए।

Skip This
Logo