बाहुनडाडाँको चिसापानी सामुदायिक वनमा भीषण डढेलो

बाहुनडाडाँको चिसापानी सामुदायिक वनमा भीषण डढेलो


लमजुङका मर्स्याङदी गाउँपालिका-६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिवार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् ।

हावा चलेकाले डढेलो नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिवार लागेको आगो झनझन बढ्दै गएको छ । आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिए पनि आगोको मुस्लो ठुलो भएकाले निभाउन सकिएको छैन ’ 

मर्स्याङदी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलो लागेको हो । वनमा एक्कासी डढेलो लागेपछि स्थानीय आइतबार  आगो नियन्त्रणका लागि पुगेका थिए ।

डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलो नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए । 

Logo