मकवानपुरमा ४२ केजी गाँजासहित चार जना पक्राउ

मकवानपुरमा ४२ केजी गाँजासहित चार जना पक्राउ


मकवानपुरको मनहरी गाउँपालिका-६ बाट प्रहरीले ४२ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ । ना ६ ख ४४०९ नम्बरको ट्रकमा लुकाई ल्याएको ४२ किलोग्राम गाँजा सहित उनीहरुलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा ट्रकका चालक सोही गाउँपालिका-६ बस्ने ३१ वर्षीय ईश्वर पाठक, सहचालक हेटौंडा उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय सागर थिङ, सोही ट्रकमा सवार नवलपरासी रामग्राम नगरपालिका–१२ बस्ने ६० वर्षीय राजेश प्रसाद रौनियार र सोही ठाउँ बस्ने ४० वर्षीया रेश्मा भर रहेका छन् । 

मनहरीबाट चितवनतर्फ जाँदै गरेको ट्रकलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  
 

Logo