शान्ति समाजको ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान

शान्ति समाजको ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान


मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना जगाउन गोरखादेखि सुरु भएको अभियानअन्तर्गत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमूलक र्‍याली र कोणसभा गरिएको छ । 
गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा स् सबैको अधिकार’ भन्ने मूल नाराका साथ २१ जिल्लामा ‘युद्ध निषेध स् शान्ति विशेष’ र लागुऔषध तथा दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गरिने समाजका महासचिव रामकृष्ण बरालले बताए । मुस्ताङको जोमसोम, मुक्तिनाथ, कोरला नाका पुग्ने अभियानको टोली फर्किएर स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, तौलिहवा, भैरहवा, सुनवल, बर्दघाट र गैँडाकोट हुँदै चैत २५ गते चितवनमा समापन गरिने बरालले बताए ।

प्रत्येक ठाउँमा तापक्रम वृद्धिले पारेको असर र न्यूनीकरणका उपायसम्बन्धी पर्चा वितरण, सडकमा र्‍याली र कोणसभा गरिने समाजले जनाएको छ ।  समाजका सभापति गोविन्द खनालले मानव जीवनसँग सम्बन्धित हिमाल र सभ्यतासँग जोडिएको नदीलाई जोगाउन नागरिक सचेत बन्नुपर्ने अवस्था आएको बताउनुभयो । “नदी जोगाउनका लागि हिमालय, वातावरण र पर्यावरण जोगाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “हाम्रा कुकर्मका कारणले हिमाल नाङ्गिँदै गएका छन् । यसले गर्दा हिमनदी सुक्ने, जलचर लोप हुँदै जाने स्थिति सिर्जना भएको छ ।”  

शान्ति समाजका पूर्वसभापति उत्तम पुडाशैनीले विगतमा राजनीतिक परिवर्तन, मानवअधिकार र लोकतन्त्रका लागि लडेको समाजले पछिल्लो समय नागरिक अधिकारका मुद्दामा केन्द्रित भएको उनले बताए । समाजका संस्थापक सभापति कृष्ण पहाडीले गुणस्तरीय स्वास्थ्य सेवा, वैज्ञानिक शिक्षा र सुशासन राजनीतिक मुद्दा बन्नुपर्ने भनाई राखे ।

Logo