भागबण्डा मिलाउन बैठक मात्रै, निकास भने छैन्

भागबण्डा मिलाउन बैठक मात्रै, निकास भने छैन्


कर्णाली प्रदेशका १० जिल्लामा भागबण्डाका लागि सत्तारुढ दलको बैठक पटकपटक बसे पनि अझै सहमति हुन सकेको छैन । सबै जसो दलले एक्ला एक्लै निर्वाचनमा जाने आसयको पत्र आएपछि प्रदेश स्तरको सत्तागठबन्धन टोलीले सहमति गर्न नसकेको हो । दिनमा एक पटक पार्टीको बैठक र गठबन्धनको बैठक गरे पनि निकास भने अझै निस्किएको छैन ।

आज पनि बैठक हुने नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । कसैले पनि आ(आफ्ना हट नत्याग्ने हो भने अन्तिममा मित्रवत प्रतिस्पर्धा नै हुने सम्भावना भएको उनले बताए । सहमतिको नाममा सहमति गर्न नसकिने निश्कर्षमा माओवादी पुगेको स्रोतले बताएको छ ।

नेपाली कांग्रेसले पनि भागबण्डाभन्दा मित्रवत रुपमै चुनाव लड्न चाहेको एक नेताले बताए । ुसमाजवादी कम्जोर अवस्थामा छ, उसैले बढी भाग माग्छ, कसरी हुन्छ सहमति उनले भने । १५ पटकभन्दा बढी  बैठक भए पनि सहमति हुन नसकेको उनी बताउँछन् । 

समाजवादीका नेताहरू भने हैसियतभन्दा पनि सहमति महत्वपूर्ण भएको बताउँछन् । गठबन्धनमा को बलियो को कम्जोर भनेर नगरेको उनीहरू बताउँछन् । 

चुनावमा टिकट पाउन शक्ति केन्द्र धाउनेको संख्या पनि बढेको छ । रुकुम पश्चिमको टिकटका लागि गुनासोको पोको बोकेर गएको कांग्रेस टोली केन्द्रीय नेताले वास्ता नगर्दा निरास भएर फर्केको बताइन्छ । समाजवादी जाजरकोटका अध्यक्ष कमानबहादुर खड्का पनि काठमाडौँमै छन् ।

कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछायाँ शाही सुर्खेतमा छिन् । बुधबार मात्रै पनि मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यकक्षमा कांग्रेस नेताहरूको बैठक बसेको थियो । 

Logo