राजधानीमा पनि छन् घुम्नका लागि खुला स्थान र पार्क (फोटोफिचर)

राजधानीमा पनि छन् घुम्नका लागि खुला स्थान र पार्क (फोटोफिचर)


धुलो धुवाँ भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? हामीलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ। तर होइन राजधानीमा सुन्दर र शान्त अनि खुला ठाउँ पनि छन् । 

२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ । सरकारी र नीजि क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढ्दै गइरहेको छ । भाग दौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । 

लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् । यिनै खुला स्थान र पार्क घुमेर न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले खिचेको प्रतिनिधि तस्बीरहरु आजको फोटो फिचरमा ।

Logo