११ असार २०७९ शनिबार
1
1
1
1

0 Shares

आज र भाेलि यी प्रदेशमा वर्षाकाे सम्भावना

1
1
1
1

आज र भाेलि मुलुकका विभिन्‍न क्षेत्रमा वर्षाकाे आँकलन गरिएकाे छ । 

स्थानीय वायु र पश्चिमी वायुसँगै  'असानी' नामक चक्रवातकाे असरका कारण वर्षाकाे आँकलन गरिएकाे हाे । माैसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य नेपाल केन्द्रित वर्षा हुनसक्छ। शुक्रबार स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ ।

महाशाखाका अनुसार आज दिउँसाे प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ । राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

समाज

प्रकाशित: २९ बैशाख २०७९ ०६:५० बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी