दिनहुँ झडप हुन थालेपछि एसपी डम्बरबहादुर बिकलाई पश्चिम रुकुम पठाइयो

दिनहुँ झडप हुन थालेपछि एसपी डम्बरबहादुर बिकलाई पश्चिम रुकुम पठाइयो


स्थानीय तह निर्वाचनको विषयमा दैनिकजसो झडप हुन थालेपछि पश्चिम रुकुममा प्रहरी प्रधान कार्यालयले एसपी डम्बर बहादुर विकलाई पठाएको छ । चुनावको विषयलाई लिएर कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि बिकलाई पश्चिम रुकुममा खटाएको हो । 

कांग्रेस र माओवादी कार्यकर्ताबीच चुनाव प्रचारको क्रममा कुटाकुट हुँदै आएको छ । गएराति मात्रै कांग्रेस कार्यकर्ताहरुको कुटाइबाट माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार तुलसीराम बुढासहितका कार्यकर्ताहरु घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले छिटपुट घटना बाहेक जिल्लाको समग्र अवस्था शान्तिपूर्ण रहेको बताए । उनले निर्वाचनको लागि सुरक्षा लगायतका सम्पूर्ण तयारी पूरा भएको पनि बताए ।

निर्वाचन अनुगमन गर्न सरकारले झक्कप्रसाद आचार्यको टोली समेत पश्चिम रुकुममा पठाएको छ । आचार्य कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हुन् । रुकुम पश्चिममा ७६ मतदान स्थलमा १३९ मतदान केन्द्र छन् । प्रजिअ घिमिरेका अनुसार १२ मतदान स्थल सामान्य, १९ अतिसंवेदनशील र ४५ संवेदनशील भनेर वर्गीकरण गरिएको छ । १३९ वटै मतदान स्थलमा मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली पुगेर सम्पूर्ण तयारी पूरा गरेको घिमिरेले जानकारी दिए ।
 

Logo