निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १८ सञ्चार माध्यममाथि कारवाही

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १८ सञ्चार माध्यममाथि कारवाही


प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ।

निर्वाचन आचारसंहिताविपरित सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाइ क्षमाचायना गर्न समेत काउन्सिलले निर्देशन दिएको छ। 

कारबाहीमा परेकामध्ये ८ वटा सञ्चार माध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए। 

सञ्चार माध्यमले भुलसुधार गरि क्षमायाचनासहित सम्प्रेषित सामग्री हटाउनु र गल्ति स्वीकार्ने तत्परता देखाउनु सकारात्मक भएको बोहराले जनाए। 

काउन्सिलले निर्वाचनको मौन अवधिभर ६५ सञ्चार माध्यमलाई कारबाही गरेको छ। यस्तै यो अवधिमा दर्ता/सूचीकरण नभएका १८ बेव पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही भएको छ।

Logo