1
1
1
1
1
0
Shares

४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

1
1
1
1
1
1
1
1

रौतहट । बाल यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । बौधीमाई नगरपालिका ५ बंकुलका मनेजर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो । चार वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बंकुल बजारमा रहेको एक निजी विद्यालयमा अध्ययनरत बालिकालाई यादवले अनैतिक काम गरेको भनी बालिकाले अभिभावकलाई जानकारी गराएकी थिईन् ।

अभिभावकले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले जानकारी दिए । यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालत रौतहटबाट म्याद लिइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २० जेठ २०७६ १३:१४ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी