बालेनका दाजुले भने– ‘छोरी भाइको हैन मेरो जन्मिएको हो’

बालेनका दाजुले भने– ‘छोरी भाइको हैन मेरो जन्मिएको हो’


काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहलाईको छोरी जन्मिएको भन्ने समाचार यतिबेल विभिन्न समाचार माध्यका साथै सामाजिक सञ्जालमाहरुमा तीव्र गतिमा भाइरल भइरहेको छ । तर यसको यथार्थ भने अलिकति फरक रहेको छ । 

पुत्रीलाभ बालेन शाहलाई नभएर उनका दाजु काैशल शाह र भाउजू शिला बास्तोलालाई भएको पुष्टि भएको छ ।

बालेनको पुत्री जन्मिएको भनेर श्रोतको हबला दिँदै प्रकाशित भएका समाचारहरू गलत भएको काैशल शाहले केन्द्रबिन्दुलाई जानकारी दिएका छन् । केन्द्रबिन्दुसँग कुरा गर्दै उनले भने ‘छोरी भाइको हैन मेरो जन्मिएको हो । अपुष्ट समाचारहरू आइरहेका छन् । त्यसको खण्डन गरेर लेखिदिनुहोला ।’

काैशल र शिलालाई बुधबार दिउँसो २ बजे काठमाडौं स्थित केएमसी अस्पतालमा पुत्रिलाभ भएको हो । अहिले आमा र छोरी दुवैको अवस्था सामान्य रहेको काैशलले बताएका छन् ।

Skip This
Logo