शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित


काठमाडौस्थित चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।

विद्यालयका एकजना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । घटनाका विषयमा शिक्षक, विद्यार्थी, पीडित का आफन्त र प्रहरी बीच छलफल जारी रहेको जनाइएको छ । 

आन्दोलित विद्यार्थीले कलेज र शिक्षकविरुद्ध नारावाजी पनि गरेका छन् । ती शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ । विद्यार्थीहरुले अहिले पनि प्रदर्शन जारी राखेका छन् । 

Logo