यौन दुर्व्यवहार आरोपित सेन्ट लरेन्स कलेजका शिक्षक प्रहरी नियन्त्रणमा

यौन दुर्व्यवहार आरोपित सेन्ट लरेन्स कलेजका शिक्षक प्रहरी नियन्त्रणमा


काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका कोअडिनेटर जनार्दन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनलाई कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप छ । 

मंगलबार बिहान विद्यार्थीहरूले अधिकारीलाई कारबाहीको माग गर्दै कलेज परिसरमा नारा लगाएका थिए । शिक्षक अधिकारीले दुर्व्यवहार गरेको कुरा बाहिरिएपछि सोमबार कलेजले आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निष्कासन गरेको कलेज प्रशासनले जानकारी दिएको छ । 

अधिकारीलाई गौशाला प्रहरी वृत्तमा राखिएको छ । हाल विद्यार्थीको समूहले गौशालास्थित प्रहरी कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरिरहेको छ ।

आफ्नो इच्छा पूरा गरिदिए कलेजको शुल्कदेखि अरू कुराहरू छुट गराइदिने भन्दै अधिकारीले यौन दुर्व्यवहार गरेको आरोप छ ।

Logo