चितवन राष्ट्रिय निकुञ्जमा जे देखियो (फोटोफिचर)

चितवन राष्ट्रिय निकुञ्जमा जे देखियो (फोटोफिचर)


नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्ज विश्व संरक्षण सूचीमा छ । नेपालको पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तुहरुको मुख्य बासस्थान क्षेत्र हो ।

यहाँको भौगोलिक बनावट पनि वन्यजन्तुका लागि विश्वकै फरकखालको रहेको अध्यान्ताहरुको भनाइ छ । निकुञ्जको यसको क्षेत्रफल ९५२‍ दशमलब ६३ वर्ग किमि रहेको छ । यसले चितवन, मकवानपुर, पर्सा र नवलपुर जिल्लाका केही भू–भागहरूलाई ओगटेको छ ।

यो निकुञ्जमा विभिन्न प्रकारका जंगली जनावर तथा घासे मैदान र रुख विरुवाहरु पाइने गर्छन् । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालले ढाकेको छ । यस निकुञ्जमा गैंडा, पाटे बाघ,पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।

यस निकुञ्जले बाल्मीकि आश्रम र विक्रमबाबा जस्ता धार्मिक स्थलहरूको संरक्षण गरी स्थानीय धार्मिक परम्परालाई संरक्षण गरेको छ । यो निकुञ्जमा प्रत्येक वर्ष एक हप्ताको लागि खर, ढड्डी आदि संकलन गर्नका लागि राष्ट्रिय निकुञ्ज खुला गरिन्छ ।

वर्षेनी हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू यस राष्ट्रिय निकुञ्जको भ्रमणमा स्थानीय बासिन्दालाई रोजगारीको अवसर प्राप्त गरेका छन् । नेपालमा सबैभन्दा धेरै गैंडा चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा छन् ।

बँदेल

मयुर 

बन्यजन्तु हेर्न बनाइएको घर 

जरायो 

 

नेपाली हजारको नोटमा अंकित हात्ती (राम र लक्ष्मण)

गैंडा

Logo