काठमाडौंको माइतीघरमा मनाइयो ‘नेपाल गौरव यात्रा’ (फोटो फिचर)

काठमाडौंको माइतीघरमा मनाइयो ‘नेपाल गौरव यात्रा’ (फोटो फिचर)


काठमाडौंको माइतीघरमा चौथो 'नेपाल गौरव यात्रा' मनाइएको छ ।

विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइन्छ । २०औं शताब्दीको ६०औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो । यही क्रममा नेपालमा पनि चौथो पटक गौरव यात्रा निकालिएको हो ।

यस महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रम सञ्चालन हुने गर्छ । गौरवको महिनाको अवसरमा मनाइने उत्सव गौरव यात्रा (प्राइड परेड) हो । सीमान्तकृत यौन अभिभुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूप्रति हुने सामाजिक लाञ्छनालाई तोडेर पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्वभरि नै गौरव यात्रा आयोजना हुने गर्छ । यो एउटा उत्सवजनक र्‍याली हो ।

नेपालमा गौरव यात्रा
नेपालमा ०७६ सालदेखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सीमान्तकृत यौन अभिभुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूसम्बन्धी सार्वजनिक कार्यक्रम र उपस्थिति वृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो । स्टोनवाल विद्रोहको ५०औँ स्मरण दिवसको भोलिपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछि जून महिनाको दोस्रो शनिबार प्रत्येक वर्ष गौरव यात्रा आयोजना गर्ने निर्णय भयो ।

Logo