1
0
Shares

रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु

1
1
1

रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । 

परिवर्तन गाउँपालिका वडानम्बर ५ खेस्रावाङका २१ वर्षीय दिनेश वलीको साइकलबाट लडेर मृत्यु भएको हो । शुक्रबार साँझ साढे ६ बजे बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भई उनी ३०० मिटर तल खसेर घाइते भएका थिए ।

घाइते वलीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागी रोल्पा अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

समाज

प्रकाशित: ४ असार २०७९ ०९:५६ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी