भूटानी शरणार्थी नेता डा.भम्पा राईको निधन

भूटानी शरणार्थी नेता डा.भम्पा राईको निधन


भूटानी शरणार्थी नेता डाक्टर भम्पा राईको निधन भएको छ ।

आज बिहान दुई बजेतिर विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको निधन भएको परिवार स्रोतले जनाएको छ । 

राईलाई पाँचदिन अघि हर्नियाको उपचार गरिएको थियो । शनिवार दिउँसोदेखि मुटुको चाल कमजोर भएका कारण नोबेल अस्पताल भर्ना गरिएको थियो । सन् १९९२ मा भूटानबाट खेदिएर नेपाल आएपछि राई दमकमा बसेका थिए । शरणार्थीको निशुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गरेका थिए । 

श्रीमतीको गत वर्ष निधन भएपछि दमकमा एक्लै बस्दै आएका राईलाई दमक नगरपालिकाले निःशुल्क बसोबासको प्रबन्ध गरिदिएको थियो । 

Logo