जनप्रतिनिधि र कर्मचारीले राष्ट्रिय गान नगाई वडा कार्यालय प्रवेश गर्न नपाउने

जनप्रतिनिधि र कर्मचारीले राष्ट्रिय गान नगाई वडा कार्यालय प्रवेश गर्न नपाउने


झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले कार्यालय प्रवेश गर्न अगाडि अनिवार्य राष्ट्रिय गान गाउनुपर्ने भएको छ । 

राष्ट्र प्रतिको उच्च सम्मान गर्दै जनसेवाका कामलाई अघि बढाउने भन्दै वडाका जनप्रतिनिधि र कर्मचारीले राष्ट्रगान गाएर मात्रै कार्यालयमा कामको सुरूआत गर्ने नियन बनाइएको छ । वडा कार्यालयको नयाँ नियमले स्थानीय सेवाग्राही खुसी छन् । वडा कार्यालयमा गएको शुक्रबारदेखि यो नियम बनाइएको भन्दै वडा सचिव पुष्प लाल पाण्डेले ठिक साढे ९ बजे राष्ट्रगान बज्ने जानकारी दिए । 

केही समय अघि जनप्रतिनिधिले राष्ट्रिय गान गाउन नजानेको भिडियो  भाइरल भएको थियो । त्यसपछि संसदमा समेत यसबारे जनप्रतिनिधिलाई प्रशिक्षण दिनुपर्ने कुरा उठेको थियो । शिवसताक्षी नगरपालिकाको यो वडाले भने वडा कार्यालय प्रवेश गर्दा राष्ट्रियगान गाउनुपर्ने नियम बनाएको छ । 

Logo