1
1
1
1

0 Shares

थप २ जनामा हैजा संक्रमणको पुष्टि

1
1
1
1
1
1

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ । अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको हो ।

सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् । यसअघि बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाडौंको बागबजार क्षेत्रको नमुना संकलन गरिरहेको छ । बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमुना संकलन गर्ने इडीसीडीले जनाएको छ ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन काठमाडौंमा हैजा फैलिसकेको संकेत गर्छन् । विज्ञका अनुसार हैजा छिटो फैलिने भएकाले एक जनामा देखिनु भनेको पनि ठूलो मानिन्छ । 

भाइब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । संक्रमण भएको एक घन्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।

तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाका माध्यमबाट जाने, अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने हैजाका लक्षण हुन् ।

समाज

प्रकाशित: ७ असार २०७९ १९:०९ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी