भक्तपुरमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु


भक्तपुरमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । 

आज विहान २ बजे भक्तपुरको आदर्श नगर सडक खण्डमा काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । 

टिपरले ठक्करबाट घाइते भएकाहरुको उपचारको क्रममा करिब ३ बजेतिर दुवै जनाको भक्तपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ । 

Logo